Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा दुई महिनाको अवधिमा पाँच हजार बढी विद्यार्थीले लिए सियुजी पाठशाला सिमकार्ड

  • 210
    SHARES
  • 210 Shares
  • टेलिकम तनहुँबाट पाँच हजार बढी विद्यार्थीले सियुजी पाठशाला सिमकार्ड लिएका छन् । कोभिड–१९ को संक्रमणको समयमा दुर्गम क्षेत्रका विद्यार्थीलाई फोनबाट पठनपाठनका बिषयमा सहज बनाउने उक्त सिम कार्ड प्रदान गरेको हो । साउन र भदौ दुई महिनाको अवधिमा उक्त परिमाणमा सिम कार्ड वितरण गरिएको टेलिकम तनहुँका सहायक लेखा अधिकृत कृष्णहरि कार्कीले जानकारी  दिनुभयो । शिक्षकले सियुजी गु्रप बनाएर एकै पटकमा पाँच सय बिद्यार्थीलाई फोन गर्न मिल्ने प्रवृत्तिको सिमकार्ड निःशुल्क रुपमा बितरण गरिएको उहाँले बताउनुभयो ।  रु.१२९मा महिना भरी दिनरात कुरा गर्न सकिन्छ । उहाँले भन्नुभयो “नेट नचल्ने दुर्गम स्थानमा यो सिम कार्ड प्रभावकारी बनेको छ ।” टेलिकम तनहुँले व्यासनगरपालिकाको वडा नं १,२,३,४ र ५ वडाहरुमा एन्टिफाइबर सेवा उपलव्ध गराएको छ । एन्टिफाइबरको एउटै तारबाट टेलिफोन,टिभी र इन्टरनेटको प्रयोग गर्न सकिन्छ । ३२ सय क्षमताको एन्टिफाइबर करिब पुरा हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । फाइबर प्रति ग्राहकको आर्कषण बढेपनि माग अनुरुप पुरा गर्न नसकिएको सो कार्यालयले जनाएको छ । मासिक रु.आठ सयमा फाइबर नेटको सुविधा रहेकोले अन्य इन्टरनेटको तुलनमा सस्तो पनि रहेको सहायक लेखा अधिकृत कार्कीले बताउनुभयो । टेलिकमले बैक,बित्तिय संस्था,आयोजना लगायतका क्षेत्रमा बिशिष्ट लाइन दिन सक्ने क्षमताको रहेको छ । नयाँ टेििलफोन जोड्ने ग्राहकको तुलनमा फाइबर नेट जोड्ने ग्राहकको संख्या अत्याधिक रहेको सो कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार