Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पराशर मावि पाटनको नवनिर्मित भवनको शिलान्यास 

  • 354
    SHARES
  • 354 Shares
  • जनचाहना न्युज
    दमौली ८ जेठ 
    व्यास नगरपालिका– ५ पाटन स्थित पराशर माध्यमिक विद्यालयको नवनिर्मित भवनको सोमबार शिलान्यास गरिएको छ । भवनको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच चार कोठे भवनको शिलान्यास गर्नुभएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लागत सहभागिता सहित करिब रु ५८ लाख २३ हजारको लागतमा उक्त भवन निर्माण गर्न लागेको हो ।
     उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले विद्यालयलाई यस उचाईसम्म ल्याईपुर्याउन सहयोग गर्नुहुने सबैलाई स्मरण गर्दै आगामी दिनमा थप उचाईमा लैजान सबैको सल्लाह सुझाव र सहयोगको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो ।

    parasar.jpgपाटन क्षेत्रको एकमात्र शैक्षिक धरोहरको रूपमा रहेको यस विद्यालयको भवन समयमा नै निर्माण सम्पन्न गर्न उहाँले सुझाब दिनुभयो । विद्यालय भवन निर्माण सम्पन्न पश्चात त्यसक्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज हुने उहाँले बताउनुभयो ।

    school.jpg


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ अभिभाबक शिक्षक सङ्घका अध्यक्ष नर वहादुर आले, बेनीपाटन टोल विकास संस्थाका अध्यक्ष,संस्थापक एवं  निवर्तमान प्रधानाध्यापक हेम पौडेल, बेतेनीविकास संस्थाका अध्यक्ष अमर थापा, पाटन टोल विकास संस्थाका  पूर्व अध्यक्ष  कृष्णकुमार श्रेष्ठ, पूर्व विव्यस अध्यक्षहरु नरबहादुर राना ,मानधोक थापा, कृष्णनारायण श्रेष्ठ,पूर्व अभिभावक शिक्षक संघका अध्यक्ष कृष्ण पुन, संस्थापक एवं छिमेकी  विद्यालयका प्रअ राजेन्द्र प्रसाद खनाल र झुल बहादुर थापा, पुर्व विद्यार्थी मञ्चका अध्यक्ष आइतसिं नेपाली विव्यास तथा अशिसंघका सदस्यहरु, भवन निर्माण समितिका सदस्यहरु शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 
    उक्त कार्यक्रममा संस्थापक एवं निवर्तमान प्र।अ।तथा भवन निर्माण सहयोग समितिका संयोजक हेम पौडेलले स्वागत गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार