दमौली ९ जेठ
तनहुँको व्यास नगरपालिका १ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारीलाई सर्वसम्बत चयन गरिएको छ ।
सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । भण्डारी यसअघिको समितिमा द्धितिय उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।
संस्थाको प्रथम उपाध्यक्षमा अभिषेक चापागाई, द्धितिय उपाध्यक्षमा रोजिना श्रेष्ठ, सचिवमा प्रविन आले, कोषाध्यक्षमा कविना गैहे, सहसचिवमा पुजन दुलाल चयन भएका छन् ।
बोर्ड सदस्यहरुमा नम्रता थपलिया, विकाश पुरी, सुस्मिता गिरी,सविना अधिकारी, सुस्मिता थापा, दुर्गा सुनारलाई चयन गरिएको छ । त्यस्तैगरि ११र१२ उपसमिति संयोजकमा चन्दन परियार चयन भएको छ। तीन जना वोर्ड सदस्य र उपसमिति सदस्यहरु भने आगामी बैठकले मनोनित गर्ने निर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij