पछिल्लो समय इन्टरनेट मानिसको लागि अपरिहार्य बन्दै गएको छ । एक छिन नेट भन्दा बाहिर बस्नुप¥यो भने मानिस उकुस मुकुस हुन्छन् । कोभिड १९ को समयमा त इन्टरनेट झनै प्रभावकारी बन्न पुग्यो । बजारमा अहिले विभिन्न कम्पनीका नेटहरु उपलव्ध छन् तर तनहुँको सुगम देखि दुर्गम क्षेत्रमा वल्डलिंकले आफ्नो क्षेत्राधिकार बिस्तार गर्न थालेको छ । विसं ०५८ साल भिस्याटबाट शुरुवात गरेको वल्डलिंकले डाइलब,केबल,वयरलेस हुदै फाइबर प्रविधिमा फड्को मारेको छ । वल्डलिंकले शहर देखि ग्रामिण दुर्गम क्षेत्रमा समेत सुलभ तरिकाले नेट बिस्तार गर्न थालेको छ । जिल्लाका प्रत्येक घरमा इन्टरनेटको पहुँच पुराउने गरी काम अघि बढाइएको वल्डलिंक दमौली शाखाका म्यानेजर मनोज मल्लले जानकारी दिनुभयो । कोभिडको प्रभावसंगै अनलाइनमा पठनपाठन गर्नथालेपछि यसको प्रभाव अझै बढ्दै गएको छ । उहाँले भन्नुभयो ‘इन्टरनेट जडानमा धरौटी मात्रै राखेर पनि नेट चलाउन पाउने सुविधको व्यवस्था गरिएको छ ।’ तनहुँको दश पालिका सहित लमजुङको दुई पिप्लेसम्म नेट बिस्तार गरिएको वल्डलिंक शाखा दमौलीले जनाएको छ । दमौलीमा हाल ५ हजार ५ सय ग्राहक रहेपनि आगामी बर्ष दश हजार पुराउने लक्ष्य राखेर अघि बढेको छ । शुरुमा २५ एमविपिएसको जडान गर्दा करबाहेक बार्षिक १४ हजार चार सय शुल्क लाग्ने बताइएको छ । फ्रि सर्भिस,दक्ष जनशक्ति,३६५ दिन नै सेवा,बिहान ७ बजे देखि साँझ ७ बजेसम्म दैनिक सेवा,चौविसै घण्टा फोन सहयोग लगायतका सेवाले नेट जडान तर्फ ग्राहकहरुको आर्कषण बढ्दै गएको मार्केटिङ सुपरभाइजर मुना गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अनसन चौतारी,दुर्गा मन्दिर,प्रहरी कार्यालय,ब्रह्माकुमारी राजयोग लगायतका ११५ स्थानमा फ्रि वाइफाईको सुविधा प्रदान गरिएको छ । उक्त स्थानमा पुगेका वल्डलिंकका ग्राहकले एक पटक कनेक्सन गरेपछि पुन ः कनेक्सन गर्नुनपर्ने सुविधा प्रदान गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै लमजुङको भोर्लेटार र तनहुँको थर्पु बजारमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारी भैरहेको वल्डलिंकले जनाएको छ । ब्राण्डेड कम्पनी बेलायती सरकारको मातहतमा रहेको सिडिसी को समेत वल्डलिंकमा लगानी रहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij