Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

हामी बनाउँछौ,हाम्रो कर्मदा अभियानमा जुट्दै,बाइसजंगारका समुदाय 

  • 1.9K
    SHARES
  • 1.9K Shares
  • जनचाहना न्युज
    दमौली २१ जेठ 
    जिल्लाको भानु नगरपालिका–९ बाइसजंगारमा कर्मदा माध्यमिक विद्यालय रहेको छ । हाल यस विद्यालयमा तीन सय बैसठ्ठी जना विद्यार्थी अध्ययनरत छन् भने उन्नाइस जना शिक्षक शिक्षिका कार्यरत छन् । यस विद्यालयको भौतिक संरचना निर्माणका लागि त्यसक्षेत्रका मानिसहरु जागरुक भएर लाग्दै आएका छन् । विद्यालयमा निर्माण गरिने कुनै पनि भौतिक सुधारका कार्यका लागि स्थानीयबासीले खुशी भएर श्रमदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक संजय कुमार बिकले जानकारी दिए ।

    nn.jpgविद्यालयको भौतिक सुधार निर्माण कार्यमा विद्यालय सेवा क्षेत्रका अभिभाव, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधी, शिक्षक र विद्यार्थीले समेत श्रमदान गरेर विद्यालयको मुहार फेर्ने कार्यमा लाग्दै आएको उनले  बताए ।  
    विद्यालयको भौतिक सुधार कार्यक्रम अन्र्तगत विद्यालय परिसरमा हालै निर्माणधीन अवस्थामा रहेको पानीको धारा तथा बालमैत्री विद्यालय निर्माणको लागि रु.दुई लाख पचास हजार बराबरको श्रमदान गरी भौतिक संरचना निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज पाण्डेले जानकारी दिए । 

    mm.jpg
    समुदाय र विद्यालयको सम्बन्धलाई मजबूद बनाउनका लागि स्थानीय शिक्षक विष्णुहरि पाण्डे र दिपक थापाले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ । 
    पछिल्लो समय सामुदायिक विद्यालयप्रति मानिसहरुको जनगुनासो बढिरहेको अवस्थामा यस सामुदायिक विद्यालयप्रति यहाँका समुदायले खेलेको भूमिकाले थप उर्जा मिलेको जनप्रतिनिधि कृष्णराज धमनियाले बताए ।

    kk.jpg

    जनप्रतिनिधि उमा श्रेष्ठ,भूपू विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु आत्माराम पाण्डे वीरजङ्ग लामा लगायतका व्यक्तिहरुले विद्यालयको भौतिक सुधार कार्यमा अहोरात्र खट्दै आएका छन् । हामी बनाउँछौ हाम्रो कर्मदा भन्ने अभियानलाई समुदायले महत्वपूर्ण योगदान गर्दै आएपछि शिक्षकवर्गले गुणस्तर शिक्षा प्रदानमा जोड दिदै आइएको विद्यालयका प्रअ बिकले जानकारी दिए । 

    bb.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार