Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि भानुभक्त क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत,छात्राबृत्ति बितरण तथा साँस्कृतिक कार्यक्रम 

  • 443
    SHARES
  • 443 Shares
  • जनचाहना न्युज
    दमौली २२ जेठ
    व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस शिक्षाशास्त्र संकायमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत,छात्रवृत्ति वितरण र वृहत सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ । शिक्षाशास्त्र संकायमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा विविध कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रमको उद्घाटन गरे ।

    क्याम्पस सभाकक्षमा आयोजित कार्यक्रममा शिक्षाशास्त्र र मानविकी सङकाय अन्तर्गत स्नातकर स्नातकोत्तर तहमा प्रथम वर्ष सेमेस्टरका नवागन्तुक विद्यार्थीहरुलाई फूलको गुच्छा, कलम र अबिरले स्वागत गरिएको थियो । कार्यक्रम स्ववियु सदस्य सागर पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वुद्विमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय सदस्य तथा मानविकी तथा समाजशास्त्र विभाग प्रमुख बिमल गिरी, सङघका क्याम्पस इकाइ अध्यक्ष बम नेपाली विभागका प्रमुख, विजयराज खनाल,  शिक्षा शास्त्र सङकाय प्रमुख गजेन्द्र पौडेल, स्ववियु अध्यक्ष गौरव पन्थ, वर्ल्ड लिंक कम्यूनिकेसन दमौली शाखा प्रमुख हरि नारायण रेग्मी लगायतले  शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा वर्ल्ड लिंक कम्युनिकेशन दमौलीका प्रमुख रेग्मीले कम्युनिकेसनका तर्फवाट  बिआइसिटि छात्र अनिस पुन मगरलाई रु.१४ हजार ४ सय रुपैयाको  छात्रवृति प्रदान भएको थियो । उक्त कार्यक्रमको  ७ जना बिधार्थीहरुलाई छात्रवृति प्रदान गर्ने घोषणा गरिएको थियो ।

     उक्त कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष खरसिङ दरै, सञ्चालक समिति सद्स्य डा.ईश्वरचन्द्र वाग्ले, बिणा कैनी, चीज बहादुर दरै, लक्षिकान्त मिश्र, विष्णु बहादुर बस्नेत, शुशिला शर्मा, गजीन्द्र पन्थ, हरि सिं गुरुङ्ग, निर्मल पन्डित, अमर भण्डारी, सहवीर उचाई, सत्यवती माध्यमिक विद्यालयका प्राधानाध्यापक पुष्पकला भट्टराई, आदिकवि माध्यमिक बिधालय व्यबस्थापन समिति अध्यक्ष ऋषिराम ढुङगाना, क्याम्पस सहायक प्रमुखद्वय डा.रामकुमार अधिकारी, सागर पौडेल, विज्ञान बिभाग प्रमुख राजन घिमिरे, अंग्रेजी विभागका प्रमुख वसन्त कडेल, विज्ञान सर टोल विकास संस्थाका अध्यक्ष भरत पन्थ,  क्याम्पस प्रशासकीय अधिकृत बसन्ती आले मगर, स्ववियु सचिव अनुप आले, स्ववियु कोषाध्यक्ष निर्दोष भट्टराई,  अतिरिक्त कृयाकलाप सद्स्य एवम् स्ववियु सद्स्य गणेश पोखरेल, सुनिल रानाभाट र राहुल नेपाली, व्यवस्थापन बिधार्थी सर्कलका अध्यक्ष निशा भन्डारी, एबिआइटि क्लबका अध्यक्ष बिशाल रुचाल,  क्याम्पस यूवा रेडक्रस सर्कलका उपाध्यक्ष सुमन खड्का लगायतको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रमको प्रायोजकहरुमा वर्ल्ड लिंक कम्यूनिकेसन, नेपाली, गणित र मानविकी विभागहरु , श्रीराम बस्त्रालय , बरेली टेलर्स , जि एस कम्प्युटर , देव किराना पसल, दमौली आटर्स, अधिकारी स्टोर्स, क्यामिन सुनचाँदी पसल, नेशनल इलेक्ट्रॉनिक्स, शुभकामना बेकरी, सिर्जना बेकरी, सफल किराना पसल र झोर्ले आटर्स आदि रहेका थिए। कार्यक्रमलाई सिर्जनशील नेपाली साहित्य मंच, एविसि गणित सर्कल, एविसि विज्ञान क्लव र एविसि अंग्रेजी सोसाइटीले संयुक्त रुपमा आयोजना गरेका थिए ।

    उक्त कार्यक्रमको स्वागत मन्तव्य स्नातक तेस्रो बर्षकी  कविता सुर्खालीले र धन्यवाद मन्तव्य स्नातक प्रथम बर्षकी लक्ष्मी लोहनी व्याक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियन सदस्य अर्चना शाहले गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार