व्यासनगरपालिका ५ पाटन स्थित पराशर माध्यमिक विद्यालयको माध्यमिक तहको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं व्यास नगर प्रमुख बैकुन्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले विद्यालयले स्तर उन्नती गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो । विद्यालयलाई आवश्यक भवन निर्माण गर्न र भवन शिलान्यास गर्ने प्रतिबद्धता समेत जायर व्यक्त गर्नुभयो । सो कार्यक्रममा विशिष्ट अतिथिहरु संस्थागत नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मी, बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र प्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक हेम पौडेल, शिक्षक रामदत्त पौडेल, वेनीपाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरी, निवर्तमान विव्यस अध्यक्ष नर बहादुर रानाभाटले विद्यालयले माध्यमिक तह सञ्चालन गरेकोमा खुशी प्रकट गर्दै अभिभावकले चाहे अनुसारको गुणास्तरीय शिक्षा प्रदान गर्न सफलता मिलोस भनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई कक्षा ९ की छात्रा मनीषा थापा र शिक्षक मञ्जु खनालले स्वागत गर्नुभएको थियो । अभिभावक शिक्षक संघका अध्यक्ष नर बहादुर आलेले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उषा क्षेत्रीले गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयको स्थापना २०४९ देखि संस्थापक प्रअ हुँदै विशेष भूमिका निर्वाह गर्नु भई बिसं २०५१ चैत्र देखि हालसम्म प्रधानाध्यापकको रुपमा कार्यरत प्राथमिक तह द्वितिय श्रेणीको शिक्षक हेम पौडेलले। मिति ०७८ असोज १२ गते देखि अनिवार्य अवकाश लिनुहुने हुनाले सोही अवकासको क्रममा प्रअ हेम पौडेलले एकाघरका उषा क्षेत्रीले स्थापना गरेको गरिव तथा जेहेन्दार छात्रबृत्ति रु सात हजार सात सय ७७ मा रु एक लाख एक रुपैया थप गरी रु एक लाख सात हजार ७८ को हेमउषा गरिव जेहेन्दार तथा असाहय छात्रवृक्ति कोष स्थापना गर्नुभएको छ । त्यसैगरी कार्यक्रममा स्थानिय खेम बहादुर रानाभाटले रु.एकातिस हजार एक सय ११, मा रु.बीस हजार थप गरी रु.एकाउन्न हजार एक सय ११, को कोष स्थापना गर्नुभएको थियो । उक्त कार्यक्रममा पराशर क्षेत्रका सबै टोल विकास संस्थाका अध्यक्षहरु ,सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, युवा क्लबका प्रतिनिधीहरु विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं पूर्व प्रअ , छिमेकी विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij