Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सामुदायिक विद्यालय कर्मचारीको धर्ना कार्य जारी,आन्दोलनमा समर्थन जुट्दै 

  • 401
    SHARES
  • 401 Shares
  • जनचाहना न्युज
    तनहुँ २५ जेठ 
    नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति तनहुँले सामुदायिक विद्यालयमा न्युन वेतनमा कार्यरत कर्मचारीहरुको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायीत्वाको माग गर्दै धर्ना दिने कार्यक्रम बिहीबार पनि जारी रहेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रमको बुदा नं १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको भन्दै कर्मचारीहरु सेवा सुविधाको माग राख्दै जेठ १७ गतेदेखि आन्दोलनको घोषणा गरी आन्दोलनमा उत्रिएका हुन् । 
    नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिका केन्द्रीय महासचिव शान्तिनाथ योगि  र अध्यक्ष गंगाराम तिवारीले प्रेस विज्ञप्ती जारी गर्दै देशभरका विद्यालय कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिएको जनाएका छन् । 
    जेठ २० देखि २६ गतेसम्म विद्यालयको ताला चावी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरु संम्बन्धित जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिदै आएको छ । 
    त्यसैगरी जेठ २८ गते काठमाण्डौ नयाँ बानेश्वरदेखि माइतीघरसम्म खाली थाल बनाउने र कोण सभा बिहान १० बजे सम्पन्न गर्ने कार्यक्रम तय गरेको जिल्ला अध्यक्ष रामशरण नेपालीले जानकारी दिए । 
    विद्यालय कर्मचारीका सेवा सुविधाको सम्वोधन गर्न र अन्यथा नेपाल शिक्षक महासंघ मार्फत आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । 
    जेठ २० गतेदेखि आन्दोलन शुरु भएको छ । विद्यालय कर्मचारीलाई आन्दोलनका कार्यक्रम अनुसार सहभागि हुन वातावरण सिर्जना गरी  सहयोग गरिदिन अनुरोध गरेको छ । 
    यो हाम्रो रहर होइन बाध्यता हो हो यदि कहि कसैले हाम्रो आन्दोलन बिपरीत कार्य गरेमा संम्बन्धित पालिका समिति र जिल्ला समितिले केन्द्रिय समितिलाई जानकारी गराउन समेत समितिले अनुरोध गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार