Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अंग्रेजी माध्यमबाट पठनपाठन गर्न अरनिको माविका पुर्व विद्यार्थी मञ्चद्वारा विद्यालयलाई रु.६० हजार सहयोग

  • 367
    SHARES
  • 367 Shares
  • जिल्लाको भानुनगरपालिका–१३ ठुलोढुङ्गा स्थित अरनिको माध्यमिक विद्यालयका पुर्व विद्यार्थी मञ्चले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको लागि आर्थिक सहयोग जुटाउन थालेका छन् । उक्त विद्यालयमा यहि शैक्षिक सत्रदेखि आधारभुत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न रकम अपुग भएपछि पुर्व विद्यार्थी मञ्चले सहयोगको आव्हान गरी आर्थिक स्रोत जुटाउन थालेको हो ।  
    अंग्रेजी माध्यमबाट कक्षा संञ्चालन गर्दा बार्षिक रु.एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र विद्यालयको आर्थिक स्रोत नभएपछि आर्थिक स्रोत जुटाउन थालिएको अरनिको पुर्व विद्यार्थी मञ्चका सचिव रामकृष्ण कुवँरले जानकारी दिनुभयो । पुर्व विद्यार्थी कोष स्थापना अभियानमा विदेशबाट मात्र नभई स्वदेशमा रहनुभएका पूर्व विद्यार्थीहरुले पनि सहयोगको लागि उत्साहित भएको उहाँले बताउनुभयो । पुर्व विद्यार्थी मञ्चले हालसम्म संकलन गरेको रु.साठी हजार सोमबार विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाहलाई हस्तान्तरण गरिसकिएको मञ्चले जनाएको छ । पुर्व विद्यार्थी मञ्चका अध्यक्ष गल गुरुङ र सचिव कुवँरले संयुक्त रुपमा सहयोग गर्नुभएको हो । रकम संकलन गर्ने कार्य जारी रहेको अध्यक्ष गुरुङले बताउनुभयो । 
    भानु घर भई हाल अष्टेलिया रहनुभएका प्रेम गुरुङबाट रु.पच्चीस हजार,भानु घर भई हाल मकाउ रहनु भएका प्रकाश थापाबाट रु. दश हजार, भानु घर भई हाल दुबई रहनु भएका रबिन खड्काबाट रु.दश हजार आर्थिक सहयोग गर्नुभएको छ । भानु बर्खोला निवासी प्रेम गुरुङबाट पाँच हजार पाँच सय,पुलिमराङ निवासी युवराज गुरुङबाट रु.पाँच हजार र महम्मद तालिम मियाबाट रु.पाँच हजार पाँच आर्थिक सहयोग गर्नुभएकोले उक्त रकम प्रअ शाहलाई हस्तान्तरण गरिएको पूर्व मञ्चका सचिव कुवँरले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार