जनचाहना न्युज
तनहुँ २७ जेठ
केहीदिन देखि बढेको अत्याधिक गर्मीका कारण तनहुँका शुक्ला र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । गर्मीका कारण विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने परिस्थिति देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो ।
शुक्लागण्डकी नगरपालिका कार्यालयले जेठ २८ गते आइतबारदेखि असार १ गते शुक्रबारसम्म बिदा दिएको शाखा अधिकृत ज्योति प्रकाश तिमल्सेनाले जानकारी दिइन् ।
त्यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि जेठ २८ गतेदेखि असार १ गतेसम्म बिद्यालय बिदा दिएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी व्यास नगरपालिका भित्रका केही विद्यालयहरुले मात्रै बिदा गरेका छन् । बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म आवश्यकताको महसुस गरी बिदा लिन पाउने निर्णय भए अनुरुप आवश्यकता हेरी बिदा लिने गरेका छन् । व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीका सत्यवती,निर्मल,जलदेवी लगायतका विद्यालयले बिदा गरेको जानकारी पाएको व्यास शिक्षा शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिए ।
शहरी क्षेत्रमा संचालित विद्यालयले गर्मीका कारण विद्यालय बिदा गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा शीतलै वातावरण रहेको र बर्षायामको समयमा बिदा लिने गरी अहिले बिदा नगरेको जानकारी पाप्त भएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बिदा लिन पाउने गरी व्यास नगरपालिकाले यस अघि सामुदायिक र संस्थागत सबै विद्यालयहरुमा परिपत्र गरिसकेको छ । आवश्यकताको महसुस गरी विद्यालयले बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा लिन पाउने निर्णय गरी संम्बन्धित विद्यालयलाई परिपत्र गरेको थियो ।
त्यसैगरी बन्दीपुर गाउँपालिका क्षेत्रका अधिकाँश विद्यालय ग्रामीण क्षेत्रमा रहेको गर्मीको महसुस नगरेका कारण बिदा नगरिएको गाउँपालिकाका प्रवक्ता एवं बन्दीपुर १ का वडाध्यक्ष शिबकुमार श्रेष्ठले जानकारी दिए ।
पृथ्वीराजमार्ग र बजार क्षेत्रका केही अभिभावकले भने विद्यालय बिदाको बिषयमा कुरा उठान गरकोले त्यसको लागि निर्णय भैनसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij