जनचाहना न्युज
दमौली २८ जेठ
आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाले गाउँपालिका कार्यालयलाई रु.एक लाख पचास हजार सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यका लागि उक्त सहयोग गरेको हो । गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिका कार्यालयले थालेको अभियानमा विभिन्न संघसंस्था,व्यक्तिबाट समेत सहयोग जुट्न थालेको गाउँपालिका कार्यालयले जनाएको छ । आर्थिक सहयोग गर्ने उक्त सहकारी संस्थालाई गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले धन्यवाद व्यक्त गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij