जनचाहना न्युज
दमौली २८ जेठ
जिल्लाको बन्दीपुर गाउँपालिकाले सोमबारदेखि विद्यालयमा बिदा दिएको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले उक्त निर्णय गरी बिदा दिएको हो । केही दिनदेखि अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परी पठनपाठनमा समेत प्रतिकूल असर पर्ने देखिएकाले बिदा दिइएको गाउँपालिकाले जनाएको छ । बर्षे बिदाबाट कट्टा हुने गरी जेठ २९ गतेदेखि असार १ गतेसम्म बिदा गर्न गाउँपालिकाका संम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरिएको शिक्षा शाखाका अधिकृत सातौं बिष्णु खत्री क्षेत्रीले जानकारी दिए ।