व्यासनगरपालिका १ निवासी छोरा टुक प्रसाद दाहाल र चूडामणि दाहालले स्व. आमा दमयन्ती दाहालको ४५ औ पुण्यतिथीको अवसरमा मंगलबार निर्मल माविमा अक्षयकोष स्थापना गर्नुभएको छ । स्व. आमाको ४५ औ पुण्यतिथीको अवसरमा स्व.बुबा गिरीधारी,आमा दमयन्ती दाहालको स्मृतिमा गरीब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो । निर्मल माध्यमिक विद्यालयका विव्यास अध्यक्ष तमबहादुर दरै,प्रधानाध्यापक गणेशचन्द्र बस्नेत लगायतकालाई एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाको चेक दाहाल दाजुभाईले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । आफु र दाजु सोही विद्यालयमा पढेको र केही समय सोही विद्यालयमा पढाउने अवसर मिलेको छोरा चूडामणि दाहालले बताउनुभयो । आमाको स्मृतिमाको अवसरमा केही दान गरौं भन्ने भावना अनुरुप दुवै दाजुभाईको सल्लाहले उक्त विद्यालयमा अक्षयकोष स्थापना गरिएको छोरा चूडामणि दाहालले बताउनुभयो । उक्त विद्यालयमा अध्ययन गर्दा आर्थिक अवस्था नाजुक भएका कारण निकै दुख कष्टका साथ शिक्षा हासिल गर्नुपरेको स्मरण गर्दै हामीले जस्तै दुख पाएका गरीब तथा जेहेन्दार बिद्यार्थीलाई शिक्षा हासिल गर्न केही राहत पुग्ने बिश्वास गरि अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।
अक्षयकोषका लागि रकम आवश्यक परे अझै दाजुभाई थप गरी उक्त कोषबाट आएको व्याजबाट बार्षिक रुपमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी कोष स्थापना गरेको हौ, उहाँले भन्नुभयो । कान्छा छोरा चूडामणि दाहाल व्यासनगरपालिका १ को वडा सदस्य,केही दिन अघि सम्पन्न नेकाँ व्यासनगर कमिटिको अधिवेशनमा सभापति पदका उम्मेद्वारी घोषणा गरी चुनावी मैदानमा उत्रिएपनि पछि हट्न लगाइएको थियो । नेशनल एपोलो अस्पतालका संञ्चालक समेत रहनुभएका दाहाल विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्द रही दुखकष्टमा परेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ । विद्यालयले एक किसिमको कार्यविधी बनाएर विद्यार्थीको मूल्याङकन गरी गरीब तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो । दाहाल परिवारले पुण्य कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij