Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पुतलीबजार नगरपालिकामा कर भुक्तानीका लागि अनलाइन सेवा

  • 452
    SHARES
  • 452 Shares
  • स्याङ्जा २९ जेठ 
    पुतलीबजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा संचालनमा ल्याएको छ। नगरपालिकाले उक्त सेवा शुक्रबारदेखि संचालनमा ल्याएको हो । अनलाइन सेवा प्रयोग गर्न जान्ने व्यक्तिले स्थानीय कर आफ्नै घरमा बसेर भुक्तान गर्न सकिने नगरप्रमुख तुलसीराम रेग्मीले बताए ।  सेवाग्राहीले पालो पर्खेर कर बुझाउनुपर्ने झन्झटको समेत अन्त्य भएको उनले बताए ।  

    syangha.jpgपुतलीबजार र गण्डकी प्रदेश अन्तर्गत, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सहलगानीमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत उक्त सेवा सुरु गरेको नगरपालिकाले जनाएको छ ।
    छिटो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । सूचना प्रविधिका नवीनतम् उपाय, उपकरण, विधि र माध्यमहरुको प्रयोग गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यको शुरुवात गरिएको उनले बताए । नगद रहित राजस्व संकलन गर्न मिल्ने गरी क्यूआर भुक्तानी समेतको सुरुवात गरेका छौ,उनले भने ।   

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार