व्यासनगरपालिका–५ पाटन स्थित पराशर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा रामदत्त पौडेल नियुक्ति हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी पौडेललाई प्रअ र अनिता काफ्लेलाई सहायक प्रअमा नियुक्त गरेको हो । विसं ०५२ साल देखि संस्थापक प्रअ रहदै आउनुभएका हेम पौडेलले अनिवार्य अवकाश लिएपछि पौडेललाई उक्त पदमा नियुक्त गरिएको हो । विव्यास अध्यक्ष उषा क्षेत्री,वडाध्यक्ष मोहनकुमार श्रेष्ठ अभिभावक,शिक्षक लगायतका पदाधिकारीहरुले प्रअ.र सहायक प्रअलाई टीका माला लगाएर पदभार ग्रहण गराउनुभएको हो । व्यास १० स्थित चण्डीदेवी राष्ट्रिय माविमा २४ बर्ष अध्यापन गराउँदा शिक्षक पौडेल १६ बर्ष सहायक प्रधानाध्यापक भएर आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij