जनचाहना न्युज
दमौली १ असार
व्यास नगरपालिका १ बिज्ञानचौर स्थित स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पसका पदाधिकारीले शुक्रबार जिल्लाका तीन पालिकाका प्रमुखसंग छलफल एवं भेटघाट सम्पन्न गरेको छ । क्याम्पसको भौतिक गुणस्तर वृद्धि,प्रयोगशाला र छात्रवृत्ति विषयलाई लिएर भानु नगरपालिका,बन्दीपुर गाउँपालिका र आबुखैरेनी गाउँपालिकाका प्रमुखसंग भेटघाट तथा छलफल गरेको हो ।

भेटघाटका क्रममा क्रमश ः भानुका नगरप्रमुख आनन्दराज त्रिपाठी, बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा र आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानसंग भेट गरेको स्ववियु अध्यक्ष गौरव पन्थले जानकारी दिए । उक्त भेटघाटमा स्ववियुको तर्फबाट स्ववियु खानेपानी योजना, विज्ञान तथा कम्प्यूटर प्रयोगशाला र छात्रवृत्तिको विषयलाई प्राथमिकतामा राखेर विभिन्न योजना समेत माग गरिएको उनले बताए ।
आदिकवि भानुभक्त क्याम्पस तनहुँका १० वटै पालिका र विभिन्न जिल्लाका गरी तीन हजार बढी विद्यार्थी अध्यनरत छन् । बिशेष गरी गरीब, विपन्न, दलित, जनजाति र महिला विद्यार्थीहरु अध्ययन गर्ने देशकै उत्कृष्ट सामूदायिक क्याम्पसमध्ये एक क्याम्पस हो।

यस क्याम्पसले दोश्रो पटक पनि क्यूएए नवीकरण गरिसकेको छ भने विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको आधारमा दिईने अनुदानमा ३९२ क्याम्पस मध्ये उत्कृष्ट ३ मा पर्न सफल भएको छ।
आगामी दिनमा जिल्लाका सबै पालिकासंग सहकार्य गरि यस क्याम्पसको भौतिक गुणस्तरलाई वृद्धि गर्ने र विद्यार्थीहरुलाई विभिन्न तवरबाट सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी पालिकासंग विभिन्न कार्यक्रम मार्फत जोड्दै लैजाने योजना रहेको अध्यक्ष पन्थले जानकारी दिए ।
उक्त कार्यक्रममा स्ववियु अध्यक्ष पन्थको नेतृत्वमा स्ववियु सदस्य गणेश प्रोखरेल, सुमन खड्का, सागर पाण्डे, प्रबिन आले, सुनिल रानाभाट,शिव सदाशंकर एवं क्याम्पसको क्लबहरुको तर्फबाट विकास थापा लगायतको सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij