Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

विद्यालय बन्द गरे कारवाही गर्ने बालेनको चेतावनी

  • 472
    SHARES
  • 472 Shares
  • काठमाडौं २ असार 
    काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ९बालेन०ले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छन् । भोलिदेखि शुरू हुन लागेको अनिश्चितकालीन बन्दअघि मेयर शाहले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका हुन् ।
    विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको स्मरण गर्दै उनले काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा सो अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको स्पष्ट पारेका  छन् । 
    महानगरका विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीलाई कारबाही गरी पदबाट हटाइने उनले चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतवारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।​

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार