Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासमा पालिकास्तरीय बिषयगत समिति गठन,बिषयगत संयोजकमा को–को चुनिए  ?

  • 473
    SHARES
  • 473 Shares
  • जनचाहना न्युज
    दमौली २ असार 
    सामुदायिक बिद्यालयका विषयगत शिक्षकहरूको भेलाले पालिकास्तरिय विषयगत कार्यसमूह तथा अंग्रेजी, गणित, विज्ञान ,नेपाली र सामाजिक विषयको विषयगत समितिहरु गठन गरेको छ। सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोग तथा ब्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा तनहुँको आयोजनामा बिषयगत समितिहरु गठन गरेको हो । 
    ब्यास नगरपालिका अन्तर्गतका  सामुदायिक बिद्यालयका विषयगत शिक्षकहरूको भेलाले पालिकास्तरिय विषयगत कार्यसमूह तथा अंग्रेजी, गणित, विज्ञान ,नेपाली र सामाजिक विषयको विषयगत समितिहरु गठन गरेको हो । 
    दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा ब्यास नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका करीब २००   शिक्षकहरूको भेलाबाट समिति गठन गरेको हो ।

    teacher 2.jpg               
    व्यास नगरपालिका विषयगत कार्य समूहको  संयोजकमा गणेश चन्द्र बस्नेत,सदस्यहरुमा नारायण प्रसाद अधिकारी, अनिल श्रेष्ठ ,सिमा श्रेष्ठ,भरत काफ्ले, रामदत्त पौडेल  र कमला पराजुली रहेका छन् ।                                   
    त्यसैगरी आमन्त्रीत सदस्यहरुमा विज्ञान विषय समिति संयोजकमा एक बहादुर गुरुङ,अंग्रेजी बिषय समिति संयोजकमा इन्द्रप्रसाद पौडेल,नेपाली  बिषय समिति संयोजकमा रुकमणी पौडेल ,सामाजिक विषया समिति संयोजकमा वीरबहादुर बस्नेत रहेका छन् । यसैगरी उक्त भेलाले अंग्रेजी, गणित , विज्ञान ,नेपाली   र सामाजिक विषयका छुट्टाछुट्टै विषयगत शिक्षकहरु रहेको निम्न अनुसारको बिषयगत समितिहरु समेत गठन गरेको छ । 

    t 3.jpg
    जसअन्तर्गत अङ्ग्रेजी विषय समितिको संयोजकमा इन्द्र प्रसाद पौडेल,सदस्यमा नारायण प्रसाद अधिकारी,गौरी ज्ञवाली,विजयकुमार  रानाभाट,जीवनी  नागिला,मनु सापकोटा,रुपा श्रेष्ठ ,प्रतीक्षा पौडेल र अप्सना मिया  रहेका छन् । त्यसैगरी गणित विषय समितिको संयोजकमा  गणेश चन्द्र बस्नेत, सचिव अनिल श्रेष्ठ,कोषाध्यक्ष गौरा देवी अधिकारी,सदस्य स्कृष्णप्रसाद तिवारी, कमाला पराजुली,रामकाजी श्रेष्ठ,लक्ष्मी थापा राना, रंजन गौतम  र आनन्दा पौडेल रहेका छन् ।
    बिज्ञान बिषय समितिको संयोजकमा एक बहादुर गुरुङ, तोया गिरी,राजीव श्रेष्ठ,सीमा श्रेष्ठ,सतार मिया,रस्मी थापा,लीला पन्थ,मिना बहादुर  परियार र मनिषा गुरुङ रहेका छन् ।

    33.jpg
    नेपाली विषय  समितिको संयोजकमा रुकामणि पौडेल,कृष्ण बहादुर भण्डारी,पदम खनाल, अप्सरा श्रेष्ठ, अनिता सुनार,    माधवी पण्डित,भवानी अधिकारी,शारदा पौडेल,ईश्वरी पन्त र गीता वाग्ले रहेकी छन् । सामाजिक विषय समितिको संयोजकमा वीर बहादुर बस्नेत,सचिव टीकाराम दाहाल,कोषाध्यक्ष संगीता पन्थ सदस्यहरुमा रुपा घिमिरे , मिना सेन्चुरी,हरि गौतम, नन्द बहादुर थापा ,दुर्गा भट्टराई र इम बहादुर थापा रहेका छन् ।     
     उक्त कार्यक्रमको संयोजन नेपाल शिक्षक महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए । सो अवसरमा सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पकलम भट्टराई, शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइराला नबागठित व्यासनगरपालिका बिषयगत कार्य समूहका संयोजक गणेश चन्द्र बस्नेतले समितिहरूको गठनको औचित्य माथि प्रकाश पारेका थिए । 

    22.jpg
    सो अवसरमा बिषयगत कार्य समुहका संयोजक बस्नेतले गठित कार्य समूह तथा विषयगत समितिहरुले नगरपालीका अन्तर्गतका विषयगत शिक्षकहरूको कार्यशाला तथा बैठकको आयोजना गरी शैक्षिक गुणस्तर सुधार गर्ने,शैक्षणिक सीपको वृद्धि गर्ने ,कक्षा कोठामा देखिएका विषयगत समस्याहरुलाई समाधान गर्ने, नवीनतम उपायहरूको छलफल एवं पहिचान गर्ने लगायतका बिषयमा जोड दिनुपर्ने बताए । साथै नवगठित समितिहरुले प्रश्नपत्र  बैङ्क स्थापनाकालागि विषय शिक्षकहरुलाई जिम्मेवारी समेत तोकिसकेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक राम दत्त पौडेलले जानकारी दिए । 

    11.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार