Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बन्दिपुरका बाढी पहिरा पीडितलाई असल छिमेकीले दियो साथ,पीडित परिवारमा छायो खुशीयाली

  • 282
    SHARES
  • 282 Shares
  • असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढी पहिराले घरबार बिहीन भएका घरपरिवारलाई सहयोग गरेको छ । सबै क्रिश्चियनहरुको चर्चहरु मिलेर गठित उक्त संस्थाले बाढी पहिरा पीडितलाई राहत तथा जस्तापाता सहयोग गरेको हो । बाढी पहिराको बिपद्मा परेका गाउँपालिकाका ५८ घरधुरी परिवारलाई उक्त संस्थाले केही समय अघि खाद्यन्न लगायतका राहत बितरण गरी सहयोग गरेको थियो । बाढी पहिराले घरमा पुर्ण क्षति बनाएपछि घर छाउनको लागि जस्तापात समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो । बन्दिपुर–२ खहरे र बन्दिपुर– १ र ३ वडामा रहेका चेपाङ समुदायमा जस्तापाता सहयोग गरेपछि पीडित परिवारमा खुशीयाली छाएको उहाँले जानकारी  दिनुभयो । बाढी पहिराले घर भत्किएर घर बिहीन भएका एक्काइस घरपरिवारलाई बीस पत्ताको दरले जस्तापाता उपलव्ध गरएको हो । उहाँले भन्नुभयो “एक घर परिवारलाई करिब रु.पैतालिस हजार बराबरको जस्तापाता प्रदान गरेर ठुलो सहयोग गरेको  छ ।” गाउँपालिकाले बाढी पहिराले क्षति भएका स्थानमा पर्खाल लगाइदिएर रु.तीस हजारका दरले आर्थिक सहयोग गरेपछि घर निर्माण तथा मर्मतसंम्भार गर्न स्थानीयबासीलाई सहज भएको गाउँपालिका कार्यालयले जनाएको छ ।गाउँपालिकाले बिपद्मा परेकाहरुलाई सहयोग गर्न विभिन्न संघसंस्थासंग हातेमालो गर्दै अघि बढिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश सु्वेदीले जानकारी दिनुभयो । गाउँपालिकाले विभिन्न संघसंस्थासंग हातेमालो गरेर भएपनि बिपद्मा परेका परिवारलाई मलम लगाउने कार्य गरिएको उहाँले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार