Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास युवा परिषद्को अभिमुखीकरण कार्यक्रम आश्विन १६ गते बन्दिपुरमा हुने

  • 285
    SHARES
  • 285 Shares
  • व्यास युवा परिषद्को अभिमुखीकरण कार्यक्रम आश्विन १६ गते शनिबार बन्दिपुर गाउँपालिका–५ ढाबमा हुने भएको छ । बन्दिपुरको मस्र्याङ्दी रिभर भ्यू रिर्सोटमा कार्यक्रम तय गरिएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । व्यासनगरपालिकाले बिभिन्न पेशा व्यवसाय अध्ययन र अन्य क्षेत्रमा जोशिला र सामुदायिक भावना बोकेका नगरबासी युवाहरुलाई समेटेर व्यास युवा परिषद् गठन गरेको हो । प्रतिस्पर्धात्मक रुपमा छनोट गरिएका उक्त समुहमा ६० जना १८ बर्ष देखि २८ बर्षसम्म उमेरका रहेका छन् । सबै वडा,बर्ग,जातजाति,समुह, र समुदायको प्रतिनिधीत्व रहेको यो परिषद्ले युवाहरुका चुनौति र अवसरका बारेमा नगरपालिकासंग नजिक रहेर काम गर्ने उद्देश्यले युवा परिषद् गठन गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख,नगरका जनप्रतिनिधी र कर्मचारीसंग नजिक रहेर परिषद्का सदस्यहरुले नगरको प्राथामिकताका बिषयहरु र कार्यक्रमहरु गर्ने छ । त्यसैगरी नगरप्रमुखको युवा सल्लाहकार र दुतका रुपमा परिषद् सदस्यहरुले विभिन्न समुहमा रहेर साना सामुदायिक विकासका कार्यक्रम पनि गर्ने नगरपालिकाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार