Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सुप्रिमको १५ औं स्थापना दिवसमा म्याग्देका तीन बिद्यालयलाई आर्थिक सहयोग 

  • 218
    SHARES
  • 218 Shares
  • जनचाहना न्युज
    दमौली ७ असार 
    म्याग्दे गाउँपालिका स्थित सुप्रिम बचत तथा ऋण  सहकारीले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर सामुदायिक बिद्यालयहरूलाई आर्थिक सहयोग गरेको  छ । सहकारीले सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत म्याग्देका तीन वटा बिद्यालयलाई प्रति बिद्यालय ७ हजार ५ सयका दरले कुल २२ हजार ५ सय आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष मनोज अधिकारीले बताए ।

    यसरी सहयोग पाउनेमा म्याग्दे १ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय , म्याग्दे २ को राधा माध्यमिक बिद्यालय र म्याग्दे ४ को मीन माध्यमिक बिद्यालय रहेको अधिकारीले बताए । सहकारी स्थापनाको अवसरमा रक्तदान , स्वास्थ्य सिबिर लगायतका  कार्यक्रम गर्दै आएकोमा यसपटक बिद्यालयले बस खरिद गर्न लागेको हुँदा आर्थिक सहयोग गरेको सहकारीका उपाध्यक्ष भिमलाल श्रेष्ठले बताए । सहकारीले आफ्नो मुख्य कार्यलय रहेको थर्पु तथा शाखा कार्यलय रहेको गुणादी सेवा केन्द्र बाट पहिलो सेवा लिने सेवाग्राहीलाई सम्मान गरेको सहकारीका व्यवस्थापक रमेश श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार