जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी हवल्दार सन्तोष कुमार श्रेष्ठ भदौ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । बिभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील, कर्तव्यनिष्ठ र अनुशासित तवरले कर्तव्य पालनामा तल्लिन रही उच्च मनोवल र साहसका साथ काम गरेको भन्दै श्रेष्ठलाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गरिएको हो । भदौ १ गते देखि भदौ मसान्तसम्ममा बिभिन्न कसूरमा संलग्न ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिन सफल भएको तथा आफ्नो जिम्मेवारी इलाकाहरुमा घटीत बिभिन्न आपराधिक घटनाको सुक्ष्म एवं सफल अनुसन्धानमा श्रेष्ठले उल्लेखनीय योगदान पुराएका थिए । प्रहरी संगठनको छवि उच्च राख्न प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक दिनेशराज मैनाली र प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले श्रेष्ठलाई प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो । प्रहरी हवल्दार श्रेष्ठबाट सम्पादित कार्यको उच्च मूल्याङकन गर्दै भविष्यमा अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रहरी कार्यप्रति प्रोत्साहित गर्न निजलाई यस कार्यालयबाट ‘२०७८ साल भाद्र महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij