Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जेष्ठ नागरिक दिवस ः म्याग्दे गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान तथा अन्तरक्रिया

  • 261
    SHARES
  • 261 Shares
  • जेष्ठ नागरिक दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार वडा नं ५ मा बृद्वबृद्वालाई सम्मान गरिनुका साथै शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । १५ गते अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म जेष्ठ नागरिकको लागि काम गरिएको बताउनुभयो । जेष्ठ नागरिकहरूको लागि फलफूल बितरण, न्यानो कपडा बितरण, छाता बितरण देखि खादा तथा दोसल्लाले सम्मान गरिएको हो । बृद्वबृद्वा देश र समाजको गहना अनि जिउँदो इतिहास भएको अध्यक्ष रानाले   बताउनुभयो । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले राज्यले जेष्ठ नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकारको सुनिश्चितताको अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।  अहिले प्रविधि भित्रीयो तर पहिला केही पुराना कुरा लिन, जान्न पर्याे भने जेष्ठ नागरिकलाई भेटेर लिन पर्दथ्यो तर अहिले सहज भएको उपाध्यक्ष घिमिरेले भन्नुभयो । जेष्ठ नागरिकलाई घरमा पैसा पनि नदिने उनिहरूको नाममा भएको जग्गा बेच्न पनि नदिने र  स्याहारसुसार नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने घिमिरेको भनाइ थियो ।  कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जेष्ठ नागरिकलाई पैसा बाँडेर मात्रै हुँदैन,उनिहरूको अवस्था बुझि व्यबस्थित गर्नेतर्फ सोच्नुपर्ने समय आएको बताउनुभयो ।  । जेष्ठ नागरिकलाई सबै सेवासुबिधा हुँदाहुँदै पनि किन ब्यबस्थित गर्न सकिएको छैन ? यसका लागि सचेतना दिँदै  हौसला प्रदान गर्ने र जेष्ठ नागरिक ऐनमा भएको कुराहरूलाई बुझाउनुपर्ने प्रमुख अधिकारीको भनाइ थियो । सवारी साधनमा भाडा ५० प्रतिशत  छुट भनेको छ तर  ब्यबहारमा लागू नहुँदा जेष्ठ नागरिकहरूले सेवा लिन पाइरहेका छैनन्,यसका लागि सञ्चारकर्मी लगायत सबैले क्षेत्रबाट आवाज उठाउनुपर्ने अवस्था आएको  अधिकारीले बताउनुभयो ।  
    सो अवसरमा गाउँपालिकाको तर्फबाट नारायणेश्वर सत्संग समितिलाई हारमुनियम र चिनी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा म्याग्दे ३ का वडा सदस्य सुनिता नेपाली र कार्यपालिका सदस्य राधिका घिमिरेले जेष्ठ नागरिकको हकहितको बारेमा बोलेका थिए । वडाध्यक्षहरू बसन्त थापा , शिवबहादुर थापा, लगायतको उपस्थिति रहेको कार्यक्रममा म्याग्दे ३ का वडा अध्यक्ष श्रीबहादुर थापाको अध्यक्षता रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च म्याग्देका अध्यक्ष केशरबहादुर राना, गेहेन्द्र प्रसाद घिमिरे, शिवबहादुर रानाभाट, शारदा पौडेल लगायतले जेष्ठ नागरिकको बारेमा बोलेका थिए । उक्त कार्यक्रम म्याग्दे गाउपालिका महिला तथा बालबालिका शाखाका प्रमुख शारदा गैह्रेले सन्चालन गर्नु भएको थियो । यसैबीच म्याग्दे गाउँ पालिका ५ को आयोजनामा आफ्नो वडा भित्रका जेष्ठ नागरिकहरूलाइ टोलटोलमा पुगेर वडा अध्यक्ष शिवबहादुर थापाले बाक्लो पछ्यौरा र हर्लेक्स दिई सम्मान गर्नुभएको थियो ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार