Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्दे गाउँपालिकाद्वारा महिलाहरूको लागि तीन दिने नेतृत्व बिकास तालिम

  • 316
    SHARES
  • 316 Shares
  •  तनहुँको म्याग्दे गाउँपालिकाले महिलाहरूको लागि ३ दिने नेतृत्व विकास तालिम शुरु गरेको छ । शुक्रवारबाट  देखि सुरू  भएको तालिमको गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष रानाले महिलाहरूको लागि प्रदान गरिएको नेतृत्व विकास तालिम उपयोगी हुने बिश्वास लिइएको बताउनुभयो ।  उक्त  कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो । तालिमको पहिलो दिन सकारात्मक सोच सम्बन्धि प्रशिक्षण दिइएको प्रशासन शाखा प्रमुख इन्द्रप्रसाद खनालले बताउनुभयो । तालिममा प्रशिक्षकको रूपमा हरिसिंह गुरूङ रहनुभएको छ। गाउँपालिका भित्रका ७ वटै वडाका ३१ जना महिला सहभागी रहेको गाउँपालिका कार्यालयले जनाएको छ । कार्यक्रममा योजना शाखाका प्रमुख श्रीराम खनालले कार्यक्रम सञ्चालन गर्नुभएको महिला बालबालिका शाखा प्रमुख शारदा गैह्रेले जानकारी दिनुभयो । उक्त तालिम  आइतबार सम्पन्न हुदैछ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार