तनहुँको ऋषिङ गाउँपालिका–८ निवासी युवा समाजसेवी दानबहादुर श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा व्यासनगरपालिका– ५ स्थित बेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो ४२ औ जन्मदिनको अवसरमा युवा समाजसेवी श्रेष्ठले महिलाद्वारा संञ्चालित उक्त आश्रमलाई शनिबार रु.पाँच हजार पाँच नगद तथा कपडा सहयोग गर्नुभएको हो । श्रेष्ठले आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आले लगायतका पदाधिकारीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । श्रेष्ठले आश्रममा रहेका आमा,बुबाहरुका लागि जाडोमा आवश्यक पर्ने पछ्यौरा,स्वेटर,टोपी लगायतका कपडाको साथसाथै फलफूल पनि बितरण गर्नुभएको थियो । पछिल्लो समयमा आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर यस्ता सामाजिक क्षेत्रमा सहयोग गर्ने परिपाटीको बिकास हुदै गएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij