जनचाहना न्युज
दमौली २१ असार
व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयबाट २०७९ को एसइई परीक्षामा आँचल सिग्देलले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । एसइई परीक्षामा उक्त विद्यालयबाट सहभागि कूल ३३८ जना विद्यार्थीलाई पछि पार्दै आँचलले प्रथम स्थान चुम्न सफल भएकी हुन् । त्यसैगरी प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङबाट सत्यवती माविकै सृजन घिमिरेले ३.९२ जिपिए ल्याउन सफल भएका छन् ।

छात्रा सिग्लेलले ३.९५ जिपिए ल्याएर रेर्कड राख्न सफल भएकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।छात्रा सिग्देल सोही विद्यालयको पिपि १ देखि निरन्तर अध्ययनरत मिहिनेती छात्रा हुन् । छात्रा सिग्देलको परीक्षा नतिजाले विद्यालयको गौरब अझै बढाएकोमा अध्यक्ष काफ्लेले खुशी व्यक्त गरे ।
जिल्लाभरीकै उत्कृष्ट नम्बर ल्याएको दाबी गरेका छौ,उनले भने सत्यवतीले बोडिङ्गका विद्यार्थी भर्ना गरी उत्कृष्ट भएको भन्ने आरोपलाई यसबर्षको एसइई परीक्षाको नतिजाले चिर्न सफल भएका छौ,उनले भने । छात्रा सिग्देल विद्यालयको नतिजामा त प्रथम भइन्,अहिलेसम्म बुझ्दा कसैले उक्त नम्बर ल्याएको जानकारी पाएका छैनौं, त्यसकारण जिल्लाभरीमा पनि सत्यवती नै प्रथम भएको दाबी गरेका छौ,उनले भने ।
सानो उमेरमा अक्षर आराम्भ गरेदेखि आफैले पढाएको विद्यार्थी हुन् । आफु पढाएको विद्यार्थी उत्कृष्ट नतिजा ल्याएको देख्दा खुशीले गौरबवान्वित बनाएको छ, उनले भने। बोडिङ्गबाट आएका विद्यार्थी उत्कृष्ट नभई आफ्नै विद्यालयले उत्पादन गरेको शुद्ध विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएकोमा विद्यालयको गौरबलाई बढाएको छ, उनले भने छ ।
बोडिङ्ग र सामुदायिकमा समेत उत्कृष्ट बनेको हाम्रो ठम्याई छ । उनले भने सत्यवतीको पढाई गुणस्तर छ भन्ने पनि यो नतिजाले देखाएको छ । बोडिङ्गका विद्यार्थीले सत्यवती विद्यालय धानिएको छ भन्ने भ्रमलाई चिर्दै सत्यवती माविले गुणस्तर शिक्षामा फड्को मार्दै अघि बढेको बिषयमा प्रमाणित भएको विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिइन् ।
यसबर्षको एसइई परीक्षाको नतिजाले पनि समाजमा फैलिएका भ्रमलाई चिर्दै प्रमाणित गरिदिएकाले विद्यालय परिवारमा खुशीयाली छाएको उनले बताइन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij