Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

संकटमा मादल पेशा !

  • 274
    SHARES
  • 274 Shares
  • मादल बनाउने पेशा संकटमा पर्ने अवस्था देखिएको छ । कोरोनाका कारण गतबर्ष र यसबर्ष नाचगान तथा रमाइलोका कार्यक्रमहरु हुन नसक्दा मादल बिक्री शुन्य भएको छ । करिब १५ बर्षको उमेर देखि दमौलीमा मादल बनाउने पेशामा लाग्दै आउनुभएका ६७ बर्षीय बुद्धि बहादुर कुलुले मादल पेशा संकटमा पर्ने देखिएको बताउनुभयो । बिदेशी आयतित व्याड लगायतका बाजागाँजाहरुले पनि बिसं ०७६ सालसम्म मादल बनाएर बिक्री गरेर घरभाडा र घरपरिवारको जीविकोपार्जन गर्दै आएपनि पछिल्लो समय कठिनाई भएको उहाँले बताउनुभयो । व्यासनगरपालिका–३ मा दमौली मादल पेशा गर्दै आएपनि कोरोनाका कारण दुई बर्ष देखि भाडा तिर्न र घरखर्च चलाउन धौ धौ भएको उहाँले बताउनुभयो । अघिल्लो बर्ष एउटा पनि मादल बिकेन् । उहाँले भन्नुभयो ‘अहिलेको बर्ष पनि चाडपर्वले छोइसक्यो फाटफुट एक दुई वटा बिक्री हुने गरेको छ ।’ कोरोनाको कारण चार पाँच महिनाको घरभाडा समेत बुझाउन नसकिएको उहाँको दुखेसो रहेको छ । मादल बिक्छ कि भनेर ५०÷६० वटा मादल बनएर राखेको छु तर बिक्री हुने छाँटकाँट देखिएको छैन् । चाडपर्वमा रमाइलो गर्न नपाएपछि कसले मादल किनेर लैजान्छन र उल्टै उहाँको प्रश्न थियो । मादलको प्रकृति हेरी प्रति मादल तीन हजार पाँच सय देखि चार हजार पाँच सयसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । आफ्नो पुख्यौली पेशा भएकोले पनि आफ्नो जीवन रहुँजेलसम्म यसलाई निरन्तरता दिने सोच बनाएपनि पेशा संकटमा पर्दै गएकोले व्यवसाय तर्फ मन मर्न थालेको उहाँले बताउनुभयो । कुलुले मादलको साथसाथै झ्याली,खैचाडी,मुजुरा,कर्ताल लगायतका सामाग्रीहरु राखेर बिक्री गदै पुख्यौली पेशाको संरक्षण गर्दै आउनुभएको छ । हाम्रा मौलिक पुख्यौली सम्पत्तीको लोप हुने अवस्थामा पुगेपनि कुनै पनि निकायबाट संरक्षणको लागि चासो नदेखाएको प्रति उहाँको गुनासो छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार