Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँ प्रहरीको उद्घोष ः “प्रहरी साथमा छ,ढुक्कले चाडपर्व मनाउनुहोस” सुरक्षाको लागि जिल्लाभरी ५८४ प्रहरी परिचालन

  • 442
    SHARES
  • 442 Shares
  • जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्व ढुक्क भएर मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । प्रहरीले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना सो कुराको जानकारी गराएको हो । चाडपर्व ढुक्कले मनाउनुहोस,साथमा प्रहरी छदैछ भन्ने मूल मन्त्रका साथ प्रहरीले नागरिकको सुरक्षाको लागि अहोरात्र खट्ने हुँदा ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरेको छ । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको चार स्थानमा नागरिक सहायता कक्षा स्थापना गरिएको सो अवसरमा जानकारी गराइएको हो । 
    लामो तथा छोटो दुरीमा जाने यात्रुहरुको लागि सहयोग गर्न सहायता कक्ष स्थापना गरेको हो । जिल्लाको पूर्वी नाका आँबुखैरेनीको पुल जीप नजिक,बन्दिपुरको डुम्रे बजार,दमौलीको भेटघाट र शुक्लागण्डकीको बेलचौतरामा सहायता कक्ष स्थापना गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । आवश्यकता अनुरुप जिल्लाको अन्य शाखा सडकहरुमा समेत नागरिक सहायता कक्ष स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो । प्रहरीले हरेक दिन पृथ्वीराजमार्ग र ग्रामिण सडक खण्डमा सडक समेत सुरक्षा जाँचको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने चोरी,डकैती,चोरी तस्करी,कालो बजारी,जुवातास,पटक पड्काउने जस्ता कार्यलाई निरुत्साहित गर्न प्रहरीले पहलकदमी थालेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । धनजनको सुरक्षाको लागि जिल्लाभरी ५८४ प्रहरी खटाइएको छ । उहाँले भन्नुभयो ‘हरेक दिन एक प्रहरी इकाईबाट एउटा गाउँ अनिवार्य गस्ती गर्ने व्यवस्था मिलाइएको      छ ।’प्रहरीले गस्तीलाई निरन्तरता दिदाँ हुन सक्ने अपराधिक क्रियाकलापका घट्नाहरुमा न्युनिकरण आउने प्रहरीले बिश्वास लिएको छ । 
    प्रहरी देखेपछि अपराधिक सोच भएकाहरुको मनोबल कमजोर हुने र यस्ता घट्ना हुनबाट बचाउन सकिने उहाँले बताउनुभयो । चाडपर्वको समयमा आफ्नो घरको झ्याल ढोका राम्रोसंग बन्द गरेर मात्रै यताउता जान सर्वसाधारणहरुलाई प्रहरीले अनुरोध गरेको छ ।  असोज १५ गतेदेखि बजार र आसपास क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिसकिएको छ । उहाँले भन्नुभयो ‘शंकास्पद व्यक्ति भेटिए प्रहरीले तत्काल पक्राउ गरि नियन्त्रणमा लिनेछ ।’ त्यसैगरी हतियार सहितका युनिफर्म लगाएका प्रहरी मोटरसाइकलमा समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार