जनचाहना न्यूज
दमौली २२ साउन
व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले कक्षा ११ र १२ को संयोजकत्वमा ज्ञानेन्द्र जिसीलाई चयन गरेको छ ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफको आइतबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
व्यास नगरपालिका १ स्थित जलदेवी माध्यमिक विद्यालयबाट असार ८ गते सरुवा भएर आएका साविक उच्च माविका शिक्षक जिसीलाई चयन गरेको सो विद्यालयले जनाएको छ ।
सिद्धेश्वरी माविको शैक्षिक गुणस्तरलाई उच्च र आधुनिक तबरबाट शिक्षण गर्नका लागि कक्षा ११ र १२ को संयोजक तोकिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
कक्षा ११ र १२ का विद्यार्थीको भर्ना,विद्यार्थी काउन्सिलिङ्ग, अभिभावक अन्तरक्रिया लगायतका कार्यमा जिम्मेवारी प्रदान गरिएको छ ।
यस विद्यालयमा साविक उमाविक कक्षा संचालन गरेपनि दरबन्दीको शिक्षक यसबर्ष मात्रै व्यास नगरपालिकाले पठाएर सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे ।
त्यसैगरी विद्यालयका बरिष्ठ शिक्षक तोय गिरीलाई विद्यालयको सूचना अधिकारी तोकिएको छ । दलित विद्यार्थीको बाहुल्यता रहेको यस विद्यालयमा कूल दुई सय पचासी दलित,जनजाति र अन्य समुदायका नगण्य मात्रामा रहेको विद्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij