जनचाहना न्यूज
तनहुँ, २४ साउन
व्यास नगरपालिका कार्यालयले नगरभित्रका कक्षा ११, १२ अध्यापन गराउने सामुदायिक र संस्थागत विद्यालयलाई दश प्रतिशत छात्रबृत्ति उपलव्ध गराउन निर्देशन दिएको छ ।
छात्रवृत्ति उपलब्ध गराउन संख्या एकीन गरी ७ दिन भित्र विवरण पठाउन निर्देशन दिएको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षता मंगलबार बसेको कार्यपालिकाको वैठकले उक्त निर्णय गरेको हो ।
बैठकले व्यास नगरपालिका लोक कल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८०,महिलासंग उप–प्रमुख कार्यक्रम सहयोग वितरण सम्बन्धी कार्यविधि, २०८० ,करार कर्मचारीहरुको सेवा सुविधा सम्बन्धि कार्यविधि, २०७९ ,व्यास नगरपालिका अपाङ्गता सहयोग सञ्चालन कार्यविधि, २०८० पारित गरेको छ ।
विश्व आदिवासी दिवस, ९ अगष्ट (श्रावण २४, २०८०) मा व्यास नगरपालिका र अन्तरगतका अत्यावश्यक सेवा बाहेकका कार्यालयहरुमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।
व्यास नगरपालिकाको विगत ६ वर्षमा भए गरेका विभिन्न शाखा अन्तरगतका कार्यहरुको एकीकृत विकास परियोजनासंग तुलनात्मक अध्ययन गरी आश्वीन मसान्त भित्र पुनरावलोकन प्रतिवेदन पेश गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
व्यास नगरपालिका अन्तरगतका भूमीहिन दलित, भूमीहिन सुकुम्बासीको वडा नं १४ देखी क्रमश १ सम्मका नीस्सा प्राप्त व्यक्तिहरुको घर, जग्गाहरुको प्रथम चरणमा २०८० भाद्र १ गतेदेखी नापी कार्य प्रारम्भ गर्ने भएको छ ।
संघ, प्रदेश अन्तरगतका योजनाहरु र आन्तरीक वजेट अन्तरगतको वडा कार्यालय निर्माण गर्ने योजनाहरुको २०८० भाद्र भित्र टेण्डर गर्न सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
काठमाण्डौ पोखरा अन्तरगत पृथ्वी राजमार्गको आंबुखैरेनी पोखरा सडक क्षेत्रको व्यास नगरपालिका भित्र सडक केन्द्र विन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा समेत भईसकेकाले सो सडक क्षेत्रभित्रका संरचनाहरु हटाई सडक निर्माण कार्यमा सहयोग पुर्याउनुहुन सम्बन्धित घरजग्गा धनीहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिका भित्र सफासडक तर्फको पृथ्वी राजमार्गसंग जोडिएको नयाँ भवन निर्माण हुने सटर कबल बाहेकका नगरपालिकाका घर, सटर अन्तरगत बस्ने वैंक एवं व्यवसायीहरुलाई यस अघिको भाडादर कायम गरी ५ वर्ष म्याद थप गर्ने निर्णय भएकाले सम्बन्धित शाखालाई सम्झौता प्रकृया अघि बढाउन निर्देशन दिने निर्णय गरेको छ ।
हाल डेङ्गु, कन्जक्टिभाइटिस (आंखा पाक्ने), लम्पीस्कीनको प्रकोप भइरहेको र बाढी पहिरोको कारण विपदका घटनाहरु घट्न सक्ने हुदाँ सम्पुर्ण नगरवासीमा सतर्क रहन र कुनै घटना भएमा तत्काल वडाध्यक्ष वा नगर पालिका सूचना केन्द्रमा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij