जेसिआइ व्यासनगरले बार्षिक रुपमा गरिने जेसिज सप्ताह कार्यक्रम अन्र्तगत बुधबार १८ जना बालबालिकालाई झेला,स्टेशनरी,खाजा लगायतको सहयोग गरेको छ । व्यासनगरपालिका–१३ र १४ को सिमनामा पर्ने शितला प्राथामिक विद्यालयमा अध्यनरत सबै बालबालिकाहरुलाई सहयोग गरेको हो । उक्त विद्यालयमा अध्ययनरत अति बिपन्न बालबालिकाहरुलाई झोला लगायतका सामाग्री बितरण गरिएको जेसिआइ व्यासनगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । जेसिआई व्यासनगरले पछिल्लो समय सामाजिक क्रियाकलापमा सक्रिय भएर काम गर्दै आएको छ ।