जनचाहना न्यूज
दमौली ३२ साउन
व्यास नगरपालिका–१ जलदेवी माध्यमिक विद्यालयबाट हालै मात्र व्यास–१२ सिद्धेश्वरी विद्यालयमा सरुवा भएका शिक्षक ज्ञानेन्द्र जिसीले उदाहरणीय कार्यको थालनी गरेका छन् ।
नेपाल सरकारले २०८० बैशाखदेखि असारसम्म कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई समेत दिवा खाजाको लागि तोकिएको रकम उपलव्ध गराएपनि ०८० साउन १ गतेदेखि सो रकम उपलव्ध गराउन नसक्ने निर्णय गरेपछि शिक्षक जिसीको पहलमा दिवा खाजाको लागि व्यवस्था मिलाइएको हो ।
व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी मावि कमलबारीमा सरुवा भएका शिक्षक जिसीले कक्षा ६ का विद्यार्थीहरुका लागि भदौ १ देखि आफ्नो समन्वयमा उक्त विद्यालयका शिक्षक समेतका लागि दिवा खाजाको लागि व्यवस्था गरेको उमावि संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए ।
जिसीको पहलमा बेलायतमा रहेका भरतपुर–७ निवासी कैलाशध्वज थापा,सोमबहादुर गुरुङ र दमौली स्थित एपोलो अस्पतालका संचालक एवं समाजसेवी चूडामणि दाहालको समेतको आर्थिक सहयोगमा दिवा खाजा व्यवस्थापन गर्न लागेको हो ।
उक्त कार्यलाई चैत्र २०८० मसान्तसम्म निरन्तरता दिने स्वघोषणा गरिएको छ । नेपाल सरकारले कक्षा ६ को दिवा खाजामा हात झिकेपछि बालबालिकाको मनोभावनमा नकारात्मक असर नपरोस भन्ने उद्देश्यले शिक्षक जिसीले सो अभियानको थालनी गरेको बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij