Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनीको सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा सहयोग आउने क्रम जारी,अभियानले हौसला प्रदान गर्दै 

  • 331
    SHARES
  • 331 Shares
  • जनचाहना न्यूज
    तनहुँ ५ भदौ 
    आँबुखैरेनी गाउँपालिकाको ‘सामुदायिक विद्यालय सुधार कार्यक्रम’ अन्र्तगत सहयोग आउने क्रम जारी रहेको  छ । गाउँपालिकाले थालेको अभियानमा सहयोग रकम जुट्न थालेपछि थप हौसला मिलेको सो गाउँपालिकाले जनाएको छ । 
    गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप शिक्षा कोषमा विभिन्न सहकारी संघ,संस्थाबाट सहयोग रकम प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।  
    मंगलबार आँबुखैरेनी क्रिश्चियन समाजबाट रु.बैसठ्ठी हजार पाँच सय पन्ध्र,उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट रु.पैतिस हजार सहयोग भएको छ । 

    aaa.jpg
    त्यसैगरी, सोमबार सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु.पन्ध्र हजार पाँच सय पचपन्न,आँबुखैरेनी मुस्लिम समाजबाट रु.पन्ध्र हजार पाँच सहयोग प्राप्त भएको छ । 
    गाउँपालिकाले सामुदायिक विद्यालय सुधार कार्यक्रम अन्र्तगत थालेको अभियानमा करिब रु.तेह्र लाख बढी संकलन भैसकेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 
     दुई सामुदायिक विद्यालयलाई बस 
    जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले गाउँपालिका भित्रका दुई वटा सामुदायिक विद्यालयलाई शुक्रबार विद्यालय बस हस्तान्तरण गरेको छ ।  
    आँबुखैरेनी गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप ‘सामुदायिक विद्यालय सुधार कार्यक्रम’ अन्र्तगत संकलित रकमबाट विद्यालय बस खरीदमा सहयोग गरेको हो । 
    वडास्तरीय व्यवस्थापनमा संचालन हुने गरी पहिलो चरणमा आँबुखैरेनी–१ को चन्द्रोदय मावि र आँबु–२ को अकला आधारभूत विद्यालयलाई बस हस्तान्तरण गरेको हो । 
    गाउँपालिकाको शतप्रतिशत लगानीमा दुई वटा बस करिब रु.छपन्न लाखको लागतमा खरीद गरी बितरण गरेको अध्यक्ष चुमानले बताए । 
    कम विद्यार्थी संख्या भएका विद्यालयलाई मर्ज गरी एकिकृत विद्यालय बनाउने र दुरी अप्ठ्यारो भएका ठाउँमा बसले विद्यार्थीले पिकअप गर्ने र छाड्ने व्यवस्था मिलाइएको छ । 

    aabu.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार