बन्दिपुर केवलकार एण्ड टुरिजमले स्थापना गरेको केबलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट पत्रकार मदन वाग्लेलाई पुरस्कृत गरेको छ । पत्रकार वाग्लेलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल र कम्पनीका अध्यक्ष रामचन्द्र शर्मांले बिहीबार रु.एक लाखको शेयर राशीले सम्मान गर्नुभएको हो । पहाडकी रानी उपनामले परिचित बन्दिपुरमा निर्माणधीन बन्दिपुर केबलकार परियोजनाको प्रचार प्रसारमा उल्लेखनीय सहयोग गरेको भन्दै कम्पनीको सातौ साधारण सभाको अवसरमा वाग्लेलाई पुरस्कृत गरिएको हो । कम्पनीले बन्दिपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारीता २०७६ मा स्थापना गरेको थियो । उक्त पुरस्कार उद्यमशील पत्रकारितासंग सम्बन्ध रहेको छ । उक्त राशीले सम्मान गर्दा जीवनभर सम्मानित हुने व्यक्तिले सम्मान पाइरहन सक्छन भन्ने कम्पनीले बिश्वास लिएको छ । उक्त पुरस्कार बितरणको लागि तारानाथ उपाध्यायको संयोजकत्वमा सदस्यहरु शिवप्रसाद शर्मा र कृष्णराज अधिकारीको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिसमा द हिमालयन टाइम्सका तनहुँ संम्वाददाता र प्रार्देशिक खबर राष्टिय दैनिकका प्रधान सम्पादक वाग्लेलाई सम्मान गरिएको हो । पत्रकार वाग्लेले करिब एक दशक राष्टिय समाचार समिति तनहुँमा रहेर समेत काम गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij