Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

स्व.उस्मान अलिको स्मृतिमा पराशरमा छात्रबृत्ति अक्षयकोष स्थापना

  • 265
    SHARES
  • 265 Shares
  • विश्वकै दुर्लभ रोग एसएमए स्पाइलन मस्कुलर एट्रोफिबाट पिडीत भई उपचारको क्रममा निधन हुनुभएका शुक्लागण्डकी नगरपालिका ५ गल्छिनाका ९ महिने बालक उस्मान अलि महोम्मदको स्मृतिमा पराशर माध्यमिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको छ । व्यासनगरपालिका ५ पाटन स्थित उक्त विद्यालयमा उस्मान फाउन्डेसनको तर्फबाट सलिम मिया तथा सदिप मियाले विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई खर्च गर्ने गरी रु.पचास हजार विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेललाई हस्तान्तरण गर्नुभएको हो । उक्त रकमको व्याजबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार वालवालिकालाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

    उक्त विद्यालयले प्रथम चौमासिक सिकाई मूल्याङ्कनको नतिजा प्रकाशन, पुरस्कार वितरण, विविध छात्रवृत्ति वितरण तथा विजय दशमी, दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । क्रममा प्रमुख अतिथि विद्यालयका संरक्षक तथा वडा नं. ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले हरेक कक्षाबाट क्रमश ः प्रथम, द्वितिय र तृतीय हुने बालबालिकालाई पुरस्कार तथा विविध छात्रवृत्तिहरुमध्ये बाट १२ जना बालबालिकाहरुलाई स्टेशनरी छात्रवृत्ति वितरण गरी शुभकामना प्रदान गर्नुभएको थियो । निवर्तमान प्रधानाध्या हेम पोडेल, अ.शि.संघ शिक्षक प्रतिनिधि शम्भुलाल थापा लगायतले शुभकामना प्रदान गर्नुभएको कार्यक्रममा विद्यालयका प्र.अ. रामदत्त पौडेलले परीक्षाको नतिजा विश्लेषण गर्नुभएको थियो । साथै विद्यालयले सम्पूर्ण बालवालिकाहरुलाई टिका, जमरा लगाई शुभकामना साटासाट गरिएको कार्यक्रमको अध्यक्षता वि.व्य.स अध्यक्ष उषा क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा वि.व्य.स तथा शि.अ संघका पदाधिकारीहरु, अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार