तनहुँको म्याग्दे गाउँपालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ । कार्यलयको एक कार्यक्रमका बीच म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्नुभएको हो । कार्यलयको उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष रानाले गाउँपालिकामा सबै बिषय शीर्षकमा समानुपातिक तरिकाले कुनैलाई काखा पाखा नगरी बजेट बितरण गरिएको बताउनुभयो । चुनावमा जनतालाई दिएको बचन आफ्नो कार्यकालमा पूरा गरेको महशुस भएको उल्लेख गर्दै त्यसको मुल्यांकन गर्ने अधिकार जनतामा रहेको बताउनुभयो । गाउँपालिकामा भएको श्रोत साधनलाई परिचालन गर्ने ठाउँ धेरै भएकोले सबैलाई चित्त बुझाउन समस्या भए पनि पारदर्शी तरिकाले बितरण गर्दा समस्या नभएको उहाँको भनाइ थियो ।
स्व. ताराराज रानाले म्याग्देको बिकास गर्दागर्दै अकस्मात स्वर्गवास हुनपरेको र उहाँको अधुरो कामलाई पूरा गर्न अगाडि बढ्ने क्रममा गाउँपालिकाको अध्यक्ष बनेको उहाँको भनाई थियो । वडा नं ५ को विकासमा आमा समुहको भवन बनाउने देखि सडक कालोपत्रे,स्वास्थ्य चौक,पुल लगायतका निर्माण गर्न सफल भएको उहाँको दाबी थियो । कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्दे स्थापनाको इतिहास आफैमा गौरब भएको बताउनुभयो । नप्रतिनिधी निर्वाचित भएर आउँदा रित्तो हात आएका थियौ । उहाँले भन्नुभयो, कार्यलय देखि कानुन केही पनि थिएन, त्यसलाई पूरा गर्न समय लागेपनि बिकासका निर्माण कार्य सोचे अनुरुप गरिएको छ । शुरुका बर्षमा केही ढिला भएको होकि भन्ने महशुस गरिएपनि म्याग्देबासीले देख्ने गरि विकासका कार्यहरु गरिरहेको उहाँले बताउनुभयो । संघीय सरकारले खैरेनीटार भिमाद मोटर मार्ग दुई लेनको बनाउने योजना अन्तर्गत रु.१५ करोडमा काम सुरु गरेकोले अब छिट्टै सम्पन्न भई बाटोको सुविधामा सहज हुने बताइएको छ । म्याग्दे ५ मा छाङपाटनको बाटो स्तरउन्नति, अब्यबस्थित खानेपानी व्यबस्थित,स्वास्थ्य चौकी नभएको ठाउँमा स्वास्थ्य चौकी निर्माण गरेर सहज बनाइएको घिमिरेले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सिहंदरबारको अधिकार गाउँमा भनेको नैँ वडा कार्यलय बन्नु र सेवा दिनु भएको बताउनुभयो । अब नागरिकको जीवनस्तर उकासिने र सेवा लिन सहज हुने बताउनुभयो । राम्रो भवन बन्दैमा नागरिकले गुणस्तरीय र छिटो सेवा पाउँछन् भन्ने हुँदैन् उहाँले भन्नुभयो ‘यसमा कर्मचारी र जनप्रतिनिधिले बिशेश ध्यान पुराउन आवश्यक देखिन्छ ।’ म्याग्देको सेवा प्रवाह अन्य पालिकाको भन्दा गुणस्तरीय छ भन्ने कुराको प्रमाणित आन्तरिक स्वमुल्याकंनमा प्रथम हुनुले प्रमाणित गरेको अधिकारीले बताउनुभयो । 
उक्त वडा कार्यलय भवन कुल रु.८४ लाख २७ हजार १३२ रुपैयाँको लागतमा सम्पन्न भएको हो । वडा अध्यक्षहरू क्रमश ः शिवशरण वाग्ले,चन्द्रबहादुर रानाभाट,श्री बहादुर थापा, प्रेम बहादुर थापा, वसन्त थापा, पद्मराज वाग्लेले सुभकामना ब्यक्त गरेका थिए । यस्तै नेकपा एमालेका भिमबहादुर विक, नेपाली काङ्ग्रेसका रामभक्त घिमिरे, नेकपा माओवादि केन्द्रका दिलबहादुर नेपाली , राप्रपाका हितमान कायस्थ लगायतले पार्टीको तर्फबाट मन्तब्य राखेका थिए ।
उद्घाटन कार्यक्रम म्याग्दे ५ का अध्यक्ष शिव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य चिनिमाया थापाले स्वागत र योजना शाखाका प्रमुख श्रीराम खनालले सञ्चालन गर्नुभएको थियो । उद्घाटन पश्चात् बसेको म्याग्दे गाउँपालिकाको ११ औँ गाउँ सभा बैठक विभिन्न निर्णय गरि सम्पन्न भएको छ । गाउँसभाले केही बजेट संसोधन सम्बन्धि निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार कर्मचारी समायोजन ब्यबस्थापन र डम्पिङ साइड स्थान ब्यबस्थापन लगायतका १२ वटा निर्णय भएको छ
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij