जनचाहना न्यूज
दमौली १० भदौ
आँबुखैरेनी गाउँकार्यपालिकाको गाउँपालिकाभरीका चेपाङ जातिका बिद्यार्थीहरुलाई कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुरुप आँबुखैरेनी–५ का रामशाह माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत बिद्यार्थी अमृत चेपाङको सम्पूर्ण खर्च गाउँपालिकाले व्यवस्था गरिदिएको छ । निज विद्यार्थीको विद्यालय शुल्क, गास र आवास सहितको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।