तनहुँ जिल्लामा रहेका अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई कोशिश संस्थाले खाद्य तथा सरसफाइ सामाग्री सहयोग गरेको छ । व्यास नगरपालिका भित्रका ७१ जना र म्याग्दे गाउँपालिकाका ६० जना लाई सामाग्री बितरण गरिएको हो । जिल्ला भरिका ३ सय ७५ जनालाई खाद्यान्न तथा १ सय २० जनालाई स्वास्थ्य तथा सरसफाइ सामाग्री बितरण गर्ने योजना अनुसार बितरण गरिएको कोशिशका प्रमुख रविलोचन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यास र म्याग्देका विपन्न बर्गलाइ राहत बितरण गरिसकेको कोशिशका प्रमुख रविलोचन पौडेलले जानकारी दिनुभयो । भिमाद लगायतका स्थानीय तहमा तत्कालै बितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
राहतमा दाल , चामल , नुन , तेल , चना रहेको र उक्त सामाग्री ब्यास नगरपालिका वडा नं ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रदान गरिएको कोशिशले जनाएको छ । गाउँका निम्न आय भएका वास्तविक अशक्त तथा अपांगको हातमा राहत पुगोस भनेर कोशिशले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू , स्थानीय तहका प्रमुखहरू र अपांगको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई छान्ने जिम्मेवारी दिएर सोही अनुसार बितरण गरिएको उहाँले बताउनुभयो । कोभिड १९ ले पिरोलेको अवस्था एकातिर भने अर्कोतिर दसैंको मुखमा खाद्यान्न सामाग्री पाउँदा खुशी लागेको व्यासकी विष्णु कुमारी श्रेष्ठले बताउनुभयो । गरिबीका कारणले दसैंमा के खाने भन्ने पिर भइरहेको बेला कोशिशले राहत दिएकोमा श्रेष्ठ लगायत सबै खुशी भएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij