Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानु नगरपालिका–७ का वडाध्यक्ष श्रेष्ठ खाद्यान्न लिएर पुगे गौलीको घरमा 

  • 640
    SHARES
  • 640 Shares
  • जनचाहना न्यूज
    दमौली १२ भदौ 
    जिल्लाको भानु नगरपालिका– ७ का वडाध्यक्ष खुम प्रसाद श्रेष्ठ सोही वडा निवासी महेन्द्र गौलीको घरमा खाद्यान्न सहयोग लिएर पुगेका छन् । 
    केही समय अघि रुखबाट लडेर मेरुदण्ड भाँचिएका गौलीको शारीरिक तथा आर्थिक रुपमा गाह्रो भएको जानकारी पाएपछि वडा समितिको पहलमा प्राप्त भएको राहत लिएर वडाध्यक्ष श्रेष्ठ गौलीको घरमा गएका हुन् । 

    he.jpg
    मानवीय नाताले मानिसलाई दुःख परेको समयमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिदै वडाध्यक्ष श्रेष्ठ राहत लिएर उक्त घरमा पुग्दा राहतको महसुस गरिएको छ । यस दुखद घडिमा आर्थिक सहायता गरिदिन वडाध्यक्ष श्रेष्ठले सबैमा विनम्र अनुरोध समेत गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार