जनचाहना न्यूज
तनहुँ १३ भदौ
व्यास नगरपालिकाले सेवागाहीलाई सहज बनाउन ‘व्यास डट घरनक्शा नेपाल डटकम’ अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ । सेवागाहीलाई घरबाटै आफनो घरनक्सा सम्बन्धीको विवरण जानकारी गराउने उद्देश्यले अनलाईन पोर्टल सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाबाट प्रदान गरिने घरनक्सा सम्बन्धी कामकारबाही के कती भएको छ भन्ने कुरा घरबाटै थाहा पाउन सकिने नगरपालिकाको भवन नियमन तथा घरनक्सा पास शाखाका इन्जिनियर प्रविण कैनीले जानकारी दिए । उक्त कामको लागि सेवाग्राहीलाई नगरपालिका धाईरहन समस्याको अन्त्य हुने छ ।
नगरपालिकामा घरनक्सा दर्ता गरिसकेपछि आफनो फाईल कोड पाउन सकिन्छ । उक्त फाईलकोड वेवसाईटमा गएर लगइन गरेपछि आफनो फाईलको प्रक्रियागत जानकारी थाहा पाउन सकिनेछ ।
आफनो घरनक्साको फाईलको प्रक्रिया थाहा पाउनुको साथै आफनो कागजात हेर्न तथा डाउनलोड गर्न सकिन्छ । निकट भविष्यमा कागजगात रहित डिजिटल सेवा प्रदान गर्नको उद्देश्यले अनलाईन सेवा सुरु गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
नगरपालिकालाई पूर्णरुपमा डिजिटिल बनाउन नगरपालिकाले नीतिगत रुपमा अगाडी बढेको छ नगरपालिका कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij