Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गोरखाली समाज तनहुँको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

  • 319
    SHARES
  • 319 Shares
  • गोरखाली समाज तनहुँको आयोजनामा नेपालीहरुको महान चाडपर्वको अवसरमा शनिबार दमौलीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व बडा दशै,दीपावली,नेपाल सम्वत,छठ लगायतको पावन अवसरमा  शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वयका शाखा अधिकृत बिश्वप्रकाश रेग्मीले धर्म,संस्कृति आधुनिकता तर्फ लम्किदै गएको उल्लेख गर्दै आफ्नो रीतिरिवाज,धर्म संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । रीतिरिवाज हाम्रो पुख्यौली सम्पत्ति भएकोले यसको संरक्षण सम्बद्र्धन  गर्दै अघि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो । शुभकामना आदान प्रदान कार्यक्रमले भाइचारा बीच एकता,माया ममता बढ्ने हुँदा समय समयमा यस्ता किसिमका कार्यक्रम गर्नु प्रभावकारी हुने भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका निबर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीले प्रत्येक बर्ष समाजले शुभकामना कार्यक्रम गर्दै आएकोले  यस कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । चाडपर्वको अवसरमा सबै नेपालीहरुको सुख,शान्ति,समृद्धि र दीर्घायुको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान उपाध्यक्ष झनक नारायण श्रेष्ठ र संञ्चालन सचिव एस.बि.नेपालीले गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार