गोरखाली समाज तनहुँले कोभिड पोजेटिभ आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्य कृष्ण बहादुर परियार र खट्ट बहादुर कुमालको परिवारलाई रु.६ हजारका दरले आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वयका शाखा अधिकृत बिश्वप्रकाश रेग्मी,समाजका अध्यक्ष शम्भुलाल श्रेष्ठ,कोषाध्यक्ष गुञ्जमान कोइराला,निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारी,सल्लाहकार सदस्य झनकनारायण श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । नेपालीहरुको महान चाडपर्वको अवसरमा शनिबार दमौलीमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको अवसर पारेर आर्थिक सहयोग गरिएको सो समाजले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij