जनचाहना न्यूज
तनहुँ २० भदौ
तनहुँ शुक्लागण्डकी–४ दुलेर्गौँडाकी टुकादेवी आचार्य गण्डकी प्रदेशकै उत्कृष्ट शिक्षक पुरस्कारबाट पुरस्कृत भएकी छन् । दुलेगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयकी शिक्षक आचार्य ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’ बाट पुरस्कृत भएकी हुन् ।
उनलाई पीपी प्रसाईं फाउन्डेसनले ५० हजार नगदसहित सो पुरस्कार प्रदान गरेको हो । आचार्य साहित्यकार समेत हुन् । बार्दली लघुकथा सङ्ग्रह हालै प्रकाशित गरेकी उनी शुक्ला साहित्य सङ्गमकी अध्यक्षसमेत हुन् ।
फाउन्डेसनले प्रत्येक प्रदेशबाट एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’ बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राईलाई पुरस्कृत गरेको हो ।
त्यसैगरी, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा।वि। तानसेनका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी सम्मानित भएका छन् । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट पुरस्कार ग्रहण गरेका थिए ।
पुरस्कार पीपी प्रसाईं फाउन्डेसनले प्रदान गरेको हो । फाउन्डेसनले उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद दिने गर्छ र पुरस्कृत शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्ने गर्दछ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij