रानीगांऊ युवा क्लवको १३औं अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले मनोज पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बमबहादुर पोख्रेल , सचिवमा सुभद्रा भट्ट , सहसचिवमा शिव पौडेल र कोषाध्यक्षमा मोहन सापकोटा रहनुभएको छ । यसैगरी समितिको सदस्यहरूमा कृष्ण अधिकारी , पुस्कल भट्टराई , दिलीप अधिकारी , विशाल भट्ट , जितबहादुर दरै , प्रमिला कोइराला , जमुना अधिकारी र अशोक पौडेल रहनुभएको छ । यसअघि कार्यक्रमको उद्घाटन एवम् शुभकामना कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं ११ का वडा सदस्य रामकृष्ण अधिकारीले गर्नुभयो । सो अवसरमा बोल्दै वडा सदस्य अधिकारीले युवा क्लवको योगदान र भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । देशमा परिवर्तनको मुख्य भुमिका युवाहरूको हुने भन्दै उहाँले समाजिक कार्यमा युवाहरू लाग्नुपर्नेमा जोड दिनुभयो । क्लवका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेम प्रकाश भट्टराई, दिपक राज पौडेल, तिर्थ राज भट्ट, शोभा अधिकारी, विकाश चन्द्र भट्टराई, थम बहादुर दरै लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रानीगाउँ युवा क्लव व्यासनगर पालिकाको जेठो क्लव मध्येमा पर्ने बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij