Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको गुणादीमा भेटियो नवजात शिशु,कस्ले फ्याँक्यो बच्चा ?

  • 660
    SHARES
  • 660 Shares
  • जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । शिशु कस्ले फ्याँक्यो भन्ने बिषयले अहिले दमौली बजारमा चर्चा पाउन थालेको छ । यस्ता कार्यमा संलग्न दोषीहरुलाई प्रहरीले जति सक्दो चाँडो पक्राउ गरी कानुनी दायरमा ल्याउनुपर्ने देखिन्छ ।  पृथ्वीराजमार्ग अन्र्तगत पुलामी होटल नजिकै झाडीमा बच्चा रुवाएको आवाज सुनि हेर्न जाँदा शिशु देखेपछि स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए । प्रहरीले नवजात शिशुलाई हाल दमौली अस्पतालमा ल्याइ राखेर उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसेनाले जानकारी दिनुभयो । अबैधानिक रुपमा बच्चा जन्माएर फ्याँकिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । के कस्ता कारण बच्चा फ्याँकिएको हो यस बिषयमा थप  अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । 
    शिशुको शरीरमा काँडाहरु बिझेको अवस्थामा भेटिएकोले काँडा निकालेर अक्सिजन र तातो बनाउने कार्य भैरहेको अस्पतालले जनाएको छ । पुरुष शिशुको तौल जम्मा १ किलो ६ सय ग्राम रहेको छ । दाँहिने नाँकमा हल्लाका छलारिएको,बायाँ आँखा नजिक हल्का सुनिएको देख्न  सकिन्छ । कम तौलको शिशु जन्भिएकोले यस्ता शिशुलाई बचाउन गाह्रो हुने दमौली अस्पतालका प्रमुख डा.सुनिल पौड्यालले जानकारी दिनुभयो । शिशुको हालको अवस्था मध्यम रहेकोले अस्पतालबाट हुनेसम्म कोशिस भैरहेको उहाँले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार