जनचाहना न्यूज
तनहुँ ७ असोज
नेकपा माओवादी केन्द्र० तनहुँ जिल्ला समन्वय समितिका सदस्य एवं भिमाद नगर समिति उपाध्यक्ष मौसम शर्मा गैह्रेलाई पत्नीशोक परेको छ । भीमाद नगरपालिका–५ निवासी गैह्रेका धर्मपत्नी एवं नेकपा माओवादी केन्द्रकी पार्टी सदस्य गंगा गैह्रेको अल्पायुमा निधन भएपछि उनलाई पत्नीशोक परेको हो । पत्नी गंगाको यहि असोज १ गते निधन भएको परिवारजनले जानकारी दिए । पार्टीका जिल्ला अध्यक्ष ओमराज आले मदन को नेतृत्वमा गएको टोली घरमै पुगेर स्वर्गीय गैह्रेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै यस दुखद घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij