Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको म्याग्दे गाउँ गाउँका चौतरामा वल्र्डलिंकको फ्रि वाइफाई सेवा 

  • 477
    SHARES
  • 477 Shares
  • जनचाहना न्यूज
    दमौली १४ असोज
    तनहुँको म्याग्दे गाउँपालिका–४ को गाउँ गाउँका चौतारामा वल्र्डलिकका फ्रि वाइफाइ जडान कार्य थालिएको छ। यसको सुरुवातको रूपमा वडा नं ४ को गैह्रा चौतरा र पिपलथोक चौतारामा आइतबार फ्रि वाइफाइ जडान गरिएको हो । 
    गाउँका चौतारामा फ्रि वाइफाइ जडान पश्चात वडा कार्यालयमा आउने सेवाग्राहीलाई समेत सुविधा भएको म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए । टाढा टाढाका गाउँबाट वडा तथा सरकारी कार्यालयमा जाने सेवाग्राहीले कहिलेकाहीँ आवश्यक पर्ने कागजपत्र छुटाउने र छुटेका कागजपत्र लिन फेरि गाउँमा पुग्दा समय खर्चिनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । नेटको सुविधासंगै अब मोवाइलबाट फोटो खिचेर पठाउँदा सहज हुने श्रेष्ठले बताए ।  
    अध्यक्ष श्रेष्ठले वल्र्डलिङ्क नेटका मनोज श्रेष्ठले गाउँमा फ्रि वाइफाइ जडानको लागि अनुरोध गरेपछि पहिलो चरणमा दुई ठाउँमा फ्रि वाइफाइ जोडिएको उनले बताए। गाउँमा पुगेर नेट जडान गरेकोमा श्रेष्ठले वल्र्डलिंकलाई धन्यवाद दिएका छन् । 
    वल्र्डलिङ्कले सार्वजनिक ठाउँमा फ्रि वाइफाइ जडान गरेपछि स्थानीयबासीहरु खुशी भएका छन् । म्याग्दे गाउँपालिका भरमै युवा वडा अध्यक्षको रूपमा रहेका श्रेष्ठले अध्यक्ष भएपछि विभिन्न सामाजिक तथा रचनात्मक कामहरू गर्दै वडाबासीको कामकाजमा सहयोग गर्दै आएको बताइएको छ । त्यही सिलसिलामा हाल वडा नं ४ को छाङ थर्पु मोटरमार्ग पनि कालोपत्रे हुने चरणमा रहेको छ ।सालिन र भद्र स्वभावका श्रेष्ठले निर्वाचनमा पनि सबैभन्दा धेरै मतको अन्तरमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार