नेपालीहरुको महानपर्व बडादशै अबसरमा व्यासनगरपालिका ५ पाटनका ६२ घर बोटे समुदायलाई खाद्यन्न सहयोग गरिएको छ । दशैंको मुखमा खाद्यन्न नहुँदा चिन्तित बोटे समुदायमा खाद्यन्न पाएपछि खुशीयाली छाएको छ । नेकपा एकीकृत समाजवादी जिल्ला तनहुँका सदस्य रामलाल श्रेष्ठको सहयोगमा ६२ घर परिवारलाई ६२ बोरा चामाल र ६२ पोका नुन बितरण गरिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ किसान र रामलाल श्रेष्ठले एक कार्यक्रमका बीच संयुक्त रुपमा उनीहरुलाई खाद्यन्न हस्तान्तरण गरेका हुन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij