जनचाहना न्यूज
तनहुँ २६ असोज
तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य डा.स्वर्णिम वाग्लेको पहलमा व्यास नगरपालिका– १० बैरेनी स्थित उज्यालो घरलाई रु.एक लाख सहयोग हुने भएको छ । अनाथ बालबालिका अध्ययनरत उक्त घर संचालक सागर घिमिरेलाई पहिलो किस्ता अनुरुप शुक्रबार रु.पचास हजार हस्तान्तरण गरेको हो ।
उक्त रकम राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सहसंयोजक सूर्यमणि पौडेल,जिल्ला नेता बिश्व बास्तोला,डा.शेषरमण न्यौपाने,चूडामणि दाहाल लगायतकाले हस्तान्तरण गरेका हुन् ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य डा.वाग्लेले निर्वाचन पश्चात नागरिकको घरदैलो भेटघाटका क्रममा सहयोग गर्ने आश्वसन दिएपछि उक्त रकम उपलव्ध गराएका हुन् । उक्त उज्यालो घरमा हाल सात जना अनाथ बालबालिका अध्ययनरत छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij