Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आइमिन परियोजनाको जिल्लास्तरीय समिक्षा कार्यक्रम दमौलीमा सम्पन्न

  • 327
    SHARES
  • 327 Shares
  • जनचाहना न्यूज
    तनहुँ ३० असोज
    तनहुँ जिल्लामा  आइमिन परियोजनाको जिल्लास्तरीय समिक्षा कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भएको छ ।  शिक्षा विज्ञान  तथा प्रविधि मन्त्रालय र  जाइकाको  आर्थिक सहयोगमा संचालित आइमिन परियोजनाको समिक्षा र अनुभव आदान प्रदान  कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा तनहुँका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा परियोजना अन्र्तगत  स्थानीय स्तरमा भएका गतिविधिहरु, परियोजना अन्र्तगत बन्दिपुर गाँउपालिकामा  संघन रुपमा संचालन गरिएको क्रियाकलाप  र अन्य पालिकाहहरुमा  शैक्षिक योजना निर्माण तथा क्षमता विकासमा भएका विभिन्न अनुभवहरुको बारेमा छलफल भएको थियो ।
    कार्यक्रममा सहभागिहरुले परियोजना शैक्षिक गुणस्तर सुधार गर्न  परियोजना निकै महत्वपुर्ण रहेको बताएका थिए । सहभागिहरुले परियोजनलाई बन्दिपुर गाँउपालिका मात्रै नभए र सबै पालिकामा सघन रुपमा संचालन गनुपर्नेमा जोड दिएका थिए ।  
    कार्यक्रम जिल्ला शिक्षा समन्वय इकाई तनहुँका प्रमुख उद्ववराज कट्टेलको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा  जिल्ला समन्वय समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै समन्वय प्रमुख वाग्लले प्रारम्भिक कक्षाका बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने काम राम्रो रहेको बताए । परियोजनालाई सबै तहमा विस्तार गर्न प्रयास गर्ने समन्वय प्रमुख वाग्लेले बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ तनहुँका शाखा अधिकृत विश्व रेग्मीले संचालनमा  तथा शाखा अधिकृत इन्द्र प्रसाद तिमलसेनाले स्वागत गरेका थिए ।
    आइमिन परियोजनाले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरु का लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्य परियोजनाको रहेको परियोजना  अधिकृत रामदिप आचार्यले बताए ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार